काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने

6.13K
shares

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ भोलि मंगलवार बाडफाँट हुने भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार भोलि मंङ्सिर ५ गते बाँडफाँट हुने जानकारी दिएको हो ।

कम्पनीले कात्तिक १६ गते देखि २० गते सम्म २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ २ लाख ७ हजार ५२८ जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये पाँच जनाले थप एक एक कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।