काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न

5.36K
shares

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् ।

सूर्यको आराधना गरेर कार्तिक शुक्ल चतुर्थीका दिनदेखि विधिवत् रूपमा सुरु भएको छठपर्व आज समापन गरिएको हो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नास हुने विश्वास गरिन्छ।

विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विभिन्न पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको छ ।