गृहपृष्ठ पहिलो त्रैमासिकसम्म सिटी होटलको नोक्सानी ६ करोड बढी
पहिलो त्रैमासिकसम्म सिटी होटलको नोक्सानी ६ करोड बढी

सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६ करोड भन्दा बढीको नोक्सानी व्यहोरोको छ । होटलले सार्वजनिक गरेको चालु आर्थि वर्षको पहिलो त्रैमासिकको परिष्कृत वित्तीय विकरण अनुसार असोज मसान्तसम्म ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
होटलले गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म ८ करोड ९२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । विवरण अनुसार चालु आर्थिक वर्षका होटालको नोक्सानी केही घटेको देखिएको छ । होटलको आम्दानी बढेसँगै नोक्सानी घट्न थालेको हो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २७.४७ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा होटलको कुल आम्दानी ३२.०८ प्रतिशत बढेको छ भने कुल खर्च १४.५९ प्रतिशत बढेको छ । त्यसैगरी, होटलको वित्तीय खर्च १०.६४ प्रतिशत बढेको छ ।
नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी १४ रुपोयँ ६५ पैसा ऋणात्मक रहेको छ । त्यसैगरी, सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २ पैसा रहेको छ ।
१ अर्ब ६४ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ सञ्चित छ ।
प्रकाशित समय : ११:३१ बजे