गृहपृष्ठ शेयर बजारमा दोहोरो अंककाे गिरावट
शेयर बजारमा दोहोरो अंककाे गिरावट

शेयर बजारमा फेरि गिरावट आएको छ । लगातार तेस्रो दिन बढेको शेयर बजारमा बिहीबार भने दोहोरो अंकको गिरावट आएको हो ।
कारोबार हुने साताको अन्तिम दिन शेयर बजार परिसूचक ११ दशमलव ८५ अंकले घटेको हो । बिहीबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८५२ दशमलव शून्य ८ विन्दुमा पुगेको छ । शेयर बजारमा बिहीबार २८२ कम्पनीका २८ लाख ३३ हजार ७३१ कित्ता शेयर २७ हजार ८४५ पटक खरिद बिक्री भएका छन् । जसबाट ८३ करोड ६० लाख ५ हजार ६५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३६ अंकले घटेर ३५७ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । बिहीबार कारोबार भएका १७५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन् ।
प्रकाशित समय : १५:३० बजे