गृहपृष्ठ अधिकार नदिएको भन्दै संघीय सरकारविरूद्ध आन्दोलन गर्ने तयारीमा मधेस प्रदेश

अधिकार नदिएको भन्दै संघीय सरकारविरूद्ध आन्दोलन गर्ने तयारीमा मधेस प्रदेश

अधिकार नदिएको भन्दै संघीय सरकारविरूद्ध आन्दोलन गर्ने तयारीमा मधेस प्रदेश

संविधानअनुसार साझा तथा एकल अधिकारको कार्यान्वयन माग गर्दै मधेस प्रदेश सरकारले संघ सरकारविरूद्ध दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको आह्वानमा मन्त्रिपरिषद्का सदस्यसहित सोमबार बसेको सर्वदलीय बैठकले अधिकार माग गर्दै संघ सरकारविरूद्ध काठमाडौं केन्द्रित दबाबमूलक आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले जानकारी दिए ।

प्रदेश सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको एक वर्ष पुग्न लाग्दा पनि अधिकारको अभावमा प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको र त्यसैलाई लिएर संघीयतामाथि प्रश्न उठ्न थालेकाले अब अधिकारको अन्तिम लडाइँ लड्नुपर्ने निष्कर्षसहित दबाबमूलक आन्दोलन गर्न लागिएको मन्त्री समिमले बताए।

प्रकाशित समय : ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु