मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट
वि.सं.२०८० कात्तिक १६ बिहीवार ११:४६
shares

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो ।
कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११.११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको छ ।
लघुवित्तले सर्वसाधारणका लागि असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो । कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए ।

























