काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुसले ब्याजदर बढाएर १५ प्रतिशत पुर्यायो

5.21K
shares

बढ्दो मुद्रास्फीतिको दबाब बीच रुसको केन्द्रीय बैंकले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।

हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैंकको अपेक्षाभन्दा अत्यधिक बढेको बैंक अफ रसियाले  जनाएको छ । व्याजदर बढेपछि पनि मुद्रास्फीति बढ्ने अपेक्षा गरिएको छ ।

बैंकले  सन् २०२३ का लागि आफ्नो मुद्रास्फीति प्रक्षेपण अघिल्लो ६–७ प्रतिशतबाट ७–७.५ प्रतिशतमा बढाएको छ ।  त्यसैगरी सन् २०२४ का लागि ४–४.५ प्रतिशतमा प्रक्षेपण समायोजन गरेको छ ।

बैंकले सन् २०२४ को लक्ष्य चार प्रतिशतबाट मुद्रास्फीति विचलनलाई सीमित गर्न मौद्रिक नीतिलाई थप कडाइ गर्ने पनि जनाएको छ । बैंक अफ रसियाले सेप्टेम्बरमा प्रमुख ब्याज दर १२ बाट १३ प्रतिशतमा पुर्याएको थियो ।