काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

6.32K
shares

दसैँ बिदाका समयमा जिल्लाको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् ।

दसैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नपाएपछि फर्किनु परेको थियो । फूलपाती र अष्टमीका दिनमा पनि ६५ प्रतिशतभन्दा बढी होटलका कोठा भरिएको उनले बताए।

कतिपय होटल फूलपाती यता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् ।

काठमाडौँ, पोखरा र पूर्वी नेपालका धेरै पर्यटक आफ्नो होटलमा आएको उनको भनाइ छ । होटलमा कोठा खाली नभएपछि धेरै पाहुनालाई अन्य होटलमा पठाउनु परेको उनले बताए।