नेपालीले दुई महिनामा पिए डेढ अर्बको ‘सफ्ट ड्रिंक’
वि.सं.२०८० कात्तिक ८ बुधवार १०:२५
shares

चालु आर्थिक वर्ष २०८०/०८१ को साउन र भदौमा नेपालमा १ अर्ब ५२ करोड रुपैयाँको नन अल्कोहलिक ‘सफ्ट ड्रिंक’ आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा १४ लाख ११ हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको हो । यसबाट सरकारले ६० करोड राजस्व संकलन गरेको छ ।
गत वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख ७० हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको छ । यसबाट सरकारले २ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

























