कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै
वि.सं.२०८० कात्तिक १ बुधवार १३:३८
shares
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । प्रदेश सभाको बैठकमा कांग्रेसका कार्कीले विश्वासको मतको प्रस्ताव गर्दैछन् ।
कांग्रेस भित्र विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्दै नियुक्त भएका कार्कीलाई अहिले कांग्रेसको संस्थापन समूहसहित माओवादी केन्द्र र जसपाले समर्थन गर्ने जनाएका छन्।

























