काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी विद्रोहले प्रचण्ड–देउवाको निर्णायक शक्ति भत्कायो

7.6K
shares

काँग्रेसको विद्रोहलाई अनुमोदन गराएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरे । उनले काँग्रेसको विद्रोही पक्षका सांसद सम्शेर राई र एमालेका राम रानालाई विनाविभागिय मन्त्री बनाएका छन् । मन्त्रीमण्डल विस्तार भए पनि तीन शिर्ष नेताबीच भएको गठबन्धन बलियो बनाउने सहमति भने उल्लंघन भएको छ ।

शनिबार मात्रै शेखर आफै उपस्थित भएर काँग्रेस सभापति शेरबहादुर देउवा र  प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धनलाई बलियो बनाउने सहमति गरेका थिए । तर कोशीको मन्त्रीपरिषद्मा भने एमालेका सांसदलाई मन्त्री बनाइँदा काँग्रेसको देउवा पक्ष र माओवादीले भने स्थान पाएनन् । शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डले कार्कीलाई गठबन्धनको सहमति रहने बताएका थिए । तर केन्द्रमा भएको सहमति कोशीमा उल्लंघन भयो । यद्यपी सर्वदलीय सरकारको रटान लगाउन पनि दलहरुले छोडेका छैनन् । आइतबार मात्रै मुख्यमन्त्रीको शपथ लिएपछि कार्कीले सहमतिको सरकार बन्ने शब्द दोहोर्‍याएका छन् ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै कार्कीले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । कार्कीसँगको भेटमा देउवाले गठबन्धनको मुख्यमन्त्री बन्न अनुरोध गरेका थिए । लगत्तै कार्की ओलीलाई भेट्न बालकोट पुगे । ओलीले पनि सजक भएर सरकार चलाउन सुझाव दिँदै सफलताको शुभकामना दिए ।

तर माओवादीकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरेकाले होला कार्कीले प्रचण्डलाई भने इग्नोर गरे । शिर्ष नेताहरुसँग भेटेका कार्कीले प्रचण्डलाई भेटेनन् । सरकार चलाउन प्रदेश र केन्द्रको समन्वय आवश्यक छ । यद्यपी कार्कीले प्रधानमन्त्रीलाई नै इग्नोर गर्नुले समेत स्वभाविक प्रश्न उब्जिएको छ । काँग्रेस नेताहरु भने सबैलाई मिलाएर लैजानुपर्ने चुनौती मुख्यमन्त्रीसामु रहेको बताउँछन् ।

त्रिशंकु संसद र राजनीतिक खिचातानीको भुंग्रोमा कोशी प्रदेश पर्दा सरकार निर्माणका सबै विकल्पहरु सकिएका छन् । अर्थात् हालका मुख्यमन्त्री कार्कीविरुद्ध संविधानतः अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । कार्की असफल भए अर्को सरकार बन्ने विकल्प पनि छैन । त्यसकारण पनि कोशीमा केदार कार्की पछिको मुख्यमन्त्री मध्यावधि भएपछिमात्रै सफल हुनेछ । यद्यपी सांसदहरुलाई सर्मथन फिर्ता लिने बाटो भने हुनेछ । नेकपा एमालेले पनि मध्यावधि रोक्नकै लागि शेखर समूहको प्रयोग सरकार निर्माण प्रक्रियामा गरेको बताइँरहदा हालको सत्ता गठबन्धनले पनि सर्मथन रहने बताइरहेको छ । तर, भागशान्ति नमिलेकै निहुँमा कसैले सर्मथन फिर्ता लिएको अवस्थामा प्रदेशलाई मध्यावधिबाट रोक्न सक्ने अवस्था भने छैन । प्रदेशको नामाकरणका बिषयमा पहिचानवादीहरुको आक्रमणकै फन्दामा परेका दलहरु मध्यावधि भए खुम्चिने डरले त्यो बाटो चाहिरहेका छैनन् ।

गत मंसिरमा भएको निर्वाचनपनि प्रदेशहरुमा अस्थिरताको सुरुवात सुदूरपश्चिमबाट भएको थियो । त्यसको बाछिटा भने कोशी प्रदेशमा देखियो । अहिलेपनि प्रदेश सरकारहरु अस्थिर छन् । बागमती र लुम्बिनीमा त महिनौं पुग्दासमेत मन्त्रिपरिषद्ले नै पूर्णता पाउन सकेको छैन् । यसले सरकार निर्माणको प्रक्रिया उपधारा ५ मै पुग्नसक्ने जोखिम एकातर्फ छ भने अर्कोतर्फ निर्वाचन भएको एक बर्षपनि नपुग्दै माननीयहरु मध्यावधिमा जान पनि तयार छैनन् । आर्थिक संकट चुलिएको अवस्थामा देशले चुनाव धान्ने अवस्थासमेत छैन । त्यसकारण देशलाई अनावश्यक आर्थिक भारबाट जोगाउन केन्द्रदेखि प्रदेशसम्मै दलहरु मिल्नुको विकल्प छैन ।