गृहपृष्ठ घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

आज बिहिबार पनि सुन चाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रति तोला एक हजार ३ सय ५० रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु