काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देवयानी इन्टरनेशनल नेपालको पहिलो विशेष केएफसी रेष्टुरेन्ट कलंकीमा

5K
shares

देवयानी इन्टरनेशनल नेपालले पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । जसमा अधिकांश टोलीका सदस्यहरू विशेष क्षमता भएका महिलाहरू कार्यरत छन् ।
काठमाडौं । देवयानी इन्टरनेशनल नेपालले पहिलो विशेष केएफसी रेष्टुरेन्ट कलंकीमा सञ्चालनमा ल्याएको छ । सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसर पारेर देवयानी इन्टरनेशनलले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी कलंकीमा ऐएफसी सञ्चालनमा ल्याएको हो ।

उक्त रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरुको टोलीले व्यवस्थापकीय सीपहरूले प्रशिक्षित गरेको छ । यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीको सबैका लागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि हो ।

हाम्रो विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको भावनालाई स्वरूप दिन्छ, सञ्चारले शब्दहरूलाई पार गर्छ । व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेको छ ।

केएफसी इन्डिया र नेपालका प्रमुख कार्यकारी अधिकृत रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहल गरेकोमा खुसी व्यक्त गरे । ‘यो देवयानी इन्टरनेशनल नेपाल को लागि महत्त्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ,’ सीईओले भने ।

यो विशेष टोलीका साथ हामीले स्वीकृति र मान्यताको लोकाचारलाई बढावा दिने लक्ष्य राख्छौं । यो अवसरमा उनले लेप्रोसी मिसन नेपालप्रति आभारी छौं भएको र यसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र उहाँहरूसँग काम गर्ने मौका पाएका छौँ ।’

‘अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने प्रतिवद्धता गरेको छ ।

केएफसी
केएफसी एक विश्वव्यापी चिकन रेस्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशक लामो इतिहास छ । यो सबै एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्ष भन्दा बढी पहिले रेसिपी बनाएका थिए र हामी आज पनि १४५ देशमा २६ हजार रेस्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालना गरिरहेका छौँ ।

लेप्रोसी मिसन नेपाल
बेलायतमा स्थापित, लेप्रोसी मिसन नेपाल एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था हो । यो संस्थाले कुष्ठरोगबाट ग्रस्त भएकाहरूको लागि का मगर्दछ । निष्पक्षता प्रवर्द्धन गर्न र विकास प्रक्रियामा अपाङ्गता र कुष्ठरोगीहरूको सहभागिता प्रवर्द्धन गर्न स्वास्थ्य, क्षमता निर्माण, शिक्षा, दिगो जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा हस्तक्षेपहरू सिर्जना गर्छन् ।