global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निष्ठा त्यागेर बीपीको विचारलाई पूजा गर्नु अन्याय हो : गगन

निष्ठा त्यागेर बीपीको विचारलाई पूजा गर्नु अन्याय हो : गगन

निष्ठा त्यागेर बीपीको विचारलाई पूजा गर्नु अन्याय हो : गगन

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निष्ठा त्यागेर बीपी कोइरालाको विचारलाई मूर्ति झैं पूजा गर्नु बीपीमाथिकै ठूलो अन्याय भएको बताएका छन् ।

शनिबार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए ।

उनले भने, ‘महामानव भनेर बीपीको विचारमा छलफल नै गर्न नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरे जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हो । बीपीले आफूलाई मानव झैं व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नु भएको थियो । तर बीपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बीपीमाथिको अन्याय हो ।’

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु