गृहपृष्ठ पूर्वमन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपाको नभएको प्रष्टीकरण

पूर्वमन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपाको नभएको प्रष्टीकरण

पूर्वमन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपाको नभएको प्रष्टीकरण

राष्ट्रिय प्रजतान्त्र पार्टीले कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको प्रस्ट पारेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए ।

कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको उनको भनाइ छ ।

महामन्त्री राणाले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेकोथ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु