गृहपृष्ठ राष्ट्रपति पौडेलले आज दिउँसाे पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गर्ने
राष्ट्रपति पौडेलले आज दिउँसाे पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।
प्रकाशित समय : ११:१३ बजे



















