नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै बालेनले रद्ध गरे चीन भ्रमण
वि.सं.२०८० भदौ १४ बिहीवार १३:२१
shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज जान लागेको चीन भ्रमण नजाने निणर्य गरेका छन् । चीनले केहीदिन अधि मात्रै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै उनले चीन भ्रमण रद्द गर्ने निर्णय गरेका हुन् ।
चीनको निमन्त्रणामा मेयर साह ५ दिने भ्रमणमा चीन जाँदै थिए । तर चीनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै नैतिकताको आधारमा चीन नजाने फेसबुकमार्फत जानकारी दिएका छन् ।


























