क्याप्टेन रामेश्वर थापालाई प्राधिकरणले लगायो १० हजार जरिवाना
वि.सं.२०८० भदौ ११ सोमवार १८:४७
shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो काममा बाधा पुर्याएको भन्दै क्याप्टेन रामेश्वर थापालाई कारबाही गरेको छ।
क्यानले कारबाहीस्वरुप थापालाई १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।
प्राधिकरणले नेपाल उड्डयन प्राधिकरण ऐन ५३ को दफा २५ को उपदफा २ बमोजिम उनलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकाअनुसार उनले सोधिएको समयमा स्पष्टीकरण नबुझाएको, दिएको निर्देशन कार्यान्वयन नगरेको, प्राधिकरणले जारी गरेको सुरक्षासम्बन्धी निर्देशनमा बाधा गरेकोलगायतका कारण देखाउँदै उनलाई १० हजार जरिवाना गराउने निर्णय गरेको छ ।

























