global ime bank Long Banner Ad

गृहपृष्ठ वाग्मतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

वाग्मतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

वाग्मतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ। नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो।

नाराका उपाध्यक्ष शिशिर खनालले वाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्न नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको बताए।

ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए।

काठमाडौं शहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ।बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ। सोही अवसरमा सहभागीले नदी सरसफाइ समेत गर्नेछन्।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु