गृहपृष्ठ एमसीसीका सीईओ र उपाध्यक्ष नेपाल भ्रमणमा आउँदै
एमसीसीका सीईओ र उपाध्यक्ष नेपाल भ्रमणमा आउँदै
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दुई उच्च पदस्थ अधिकारी नेपाल भ्रमणमा आउँदैछन् । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको खबर बाहिरिएका छन् ।
उपाध्यक्ष अल्फोर्डले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनमा जाने (इन्ट्री इन्टु फोर्स–ईआईएफ) दिनको अवसर पारेर नेपालको भ्रमण गर्नेछन् । सीईओ अल्ब्राइटले भने एमसीसी कार्यान्वयनमा गइसकेपछि आगामी अक्टोबरमा नेपाल भ्रमण गर्ने जानकारी प्राप्त भएको छ ।
नेपाल र अमेरिका सरकारको एमसीसीबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउने भनेर २०७४ सालमै सम्झौता भएको थियो । नेपालका तर्फबाट १३ करोड डलर लगानी गर्ने प्रारम्भिक समझदारी भएकोमा त्यसलाई बढाएर १९ करोड ७० लाख पुर्याउने निर्णय नेपाल सरकारले गरेको छ । यसरी यो परियोजनामा हालको विनिमयदर अनुसार करिब ९२ अर्ब रुपैयाँ खर्च हुनेछ।
प्रकाशित समय : १०:५६ बजे



















