गृहपृष्ठ एमालेका अध्यक्ष ओलीले आज बिराट दरबार अवलोकन गर्ने
एमालेका अध्यक्ष ओलीले आज बिराट दरबार अवलोकन गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरिक्षण गर्ने भएका छन ।
भोली देखी सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर जान लागेको अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरक्षण गर्न लागेका हुन ।
तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर पुग्दैछन् ।
आज साँझ पाँच वजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम गर्न लागेका अध्यक्ष ओली भोली बिहान सिरहा पुग्नेछन । जहाँ भोली देखी पार्टीको सचिवालय बैठक सुरु हुनेछ ।
सिराहाको धनगढीमाई नगरपालिकामा अबस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पछि पहिलो पटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो ।
२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो। जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।
प्रकाशित समय : १०:०७ बजे



















