गृहपृष्ठ नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजोदेखी सुरू भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथि फरक मत राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।

प्रकाशित समय : ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु