गृहपृष्ठ प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको अवरोध हट्यो

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको अवरोध हट्यो

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको अवरोध हट्यो

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।

सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।

एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने बताए ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु