गृहपृष्ठ सुन तस्करीको छानबिन गर्न उच्चस्तरिय जाँचबुझ आयोग बनाउने सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति

सुन तस्करीको छानबिन गर्न उच्चस्तरिय जाँचबुझ आयोग बनाउने सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति

सुन तस्करीको छानबिन गर्न उच्चस्तरिय जाँचबुझ आयोग बनाउने सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति

प्रतिनिधिसभाका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने समझदारी बनेको छ । सिंहदरबारमा भएको प्रतिनिधिसभाका राष्ट्रिय पार्टीहरुको बैठकले सीआईबीको अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी सहमति भएको हो । सहमति पत्रमा मंगलबार हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको बैठकमा सुन तस्करीबारे छलफलका लागि उच्चस्तरीय आयोग बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् । एमाले प्रमुख सचेतक पदम गिरी भन्छन्, तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’

मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

‘समितिले तयार पारेको मस्यौदामा भोलि २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ।’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।

सोमबारको बैठकमा सुनकाण्डको समग्र विषयमा दलहरुबीच छलफल भएको थियो । त्यसमा सुनकाण्डमा संलग्न भएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई बयान नलिएकोदेखि अनुसन्धानमा संलग्न प्रहरीलाई गरिएको सरुवाको विषयमा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरेका थिए । आयोग गठनको माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको थियो । एमालेको अडान अनुसार अब अरु दल पनि आयोग बनाउन तयार भएका हुन् ।

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो ।

तर सीआईबीले गरिरहेको अनुसन्धानलाई अवरोध नगर्ने गरी छानबिन समिति बनाउन दलहरु सहमत देखिएका छन् ।

प्रकाशित समय : ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु