काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साउनमा घरजग्गाको कारोबार ४ गुणाले बढ्यो

3.43K
shares

नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार २०७९ साउनको तुलनामा ०८० साउनमा घरजग्गाको कारोबार बढेको हो ।

विभागको तथ्यांकअनुसार यो साउनमा ३९ हजार २६३ घरजग्गाको किनबेच भएको छ । गत आवको साउनमा ३३ हजर ८३४ घरजग्गाको किनबेच भएको थियो ।

विभागकाअनुसार सबैभन्दा धेरै घरजग्गाको किनबेच भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । यहाँबाट २ हजार २५७ घरजग्गाको किनबेच भएको छ ।

०८० असारको तुलनामा भने ११। ७३ प्रतिशत कम घरजग्गा किनबेच भएको हो । असारमा ४४ हजार ४८५ घरजग्गाको किनबेच भएको थियो । असारको तुलनामा साउनमा स्वाभाविकरुपमै घरजग्गाको कारोबार कम हुने गर्छ ।आर्थिक वर्षको पहिलो महिनामा कित्ताकाट पनि बढेको छ ।

साउनमा ३५ हजार २९१ जग्गाको कित्ताकाट भई ७७ हजार ६८ कित्ता कायम भएको छ । गत साउनमा ८ हजार ६८५ कित्ताकाट भइ १५ हजार ३०५ कित्ता कायम भएको थियो ।

त्यस्तै, अघिल्लो महिना असारमा ४२ हजार ४९४ कित्ताकाट भई १ लाख ३६ कित्ता कायम भएको थियो ।

साउनमा भएको कित्ताकाट मध्ये सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । त्यहाँबाट २ हजार ७३ कित्ताकाट भइ ४ हजार ८०४ कित्ता कायम भएको छ ।

त्यस्तै, मालपोत कार्यालय कलंकी काठमाडौंबाट ४६१ कित्ताकाट भइ ११०३ कित्ता कायम भएको छ भने मालपोत कार्यालय साँखु काठमाडौंबाट ३७३ कित्ताकाट भइ ९०४ कित्ता कायम भएको छ ।