काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा युवाको चासो

4.68K
shares

लेटाङ नगरपालिका–१ स्थित राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय युवाले चासो देखाएका छन् ।

लेटाङका युवा अभियानकर्मी राजु गौतमसहितको टोलीले राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न के–कस्ता प्रयास अघि बढेका छन् भन्ने विषयमा वडा नं १ का वडाध्यक्ष विष्णु मगरसँग जानकारी लिएको छ । युवा अभियानकर्मीसँगको भेटमा वडाध्यक्ष मगरले विगतका प्रयास, वर्तमानका कार्य तथा भविष्यका योजनाका बारेमा जानकारी दिएका छन्।

हाल राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि वडा नं १ र सिङ्गो नगरपालिका लागेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई राजारानी दरबार इन होटेलले सेवा दिँदै आएको छ । विगतका तुलनामा यस क्षेत्रको विकासमा अतुलनीय परिवर्तन भएको र यसको विकासका लागि वडा नं १ मात्र नभई समग्र नगरपालिका लाग्नुपर्ने स्थानीय राजु गौतमले बताए ।

ऐतिहासिक राजारानी मन्दिर र दरबार क्षेत्र, धिमाल जातिको ऐतिहासिक धार्मिक क्षेत्र, राजापोखरी, रानीपोखरी, छोरीपोखरी, सुनाखरीको राजधानी, विभिन्न प्रजातिका चराचुरङ्गी, विभिन्न धर्मको साझास्थल अन्तर धार्मिक शान्तिपार्कलगायतका विशेषता बोकेको राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रले छुट्टै महत्व बोकेको छ ।