नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा बैंकका कर्मचारी पक्राउ
वि.सं.२०८० साउन २९ सोमवार १७:३८
shares

नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको जानकारी दिए ।
पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बुझिएको छ । उनीहरु सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

























