काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, के तपाईलाई पर्यो ?

7.5K
shares

अप्पर लोहोरे खोला हाइड्रोपावर आईपीओ बाँडफाँट भएको छ ।
कम्पनी ले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर आज काजीको किचेन बत्तीसपुतलीमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ ।

त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता शेयर वितरण गरीएको छ ।

त्यस पश्चात बाँकी रहेको ९ कित्ता शेयर भने सोही मध्येबाटै २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार भाग्यमानी ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् ।