काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त

7.81K
shares

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । अधिवक्ता कटुवाल सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर–३ का बासिन्दा हुन् ।

उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा कटुवाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

उनलाई आजै प्रदेश प्रमुख खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।