काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न रोक

6.32K
shares

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको जेल सजाय तोकेको छ । उनी हाल जेलमा छन् ।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता इमरान खान सन् २०१८ को मेमा प्रधानमन्त्री बनेका थिए । उनी विरुद्ध संसदले अविश्वास प्रस्ताव पारित गरेपछि १० अप्रिल २०२२ मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए ।

हाल पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ छन् । शहबाज सत्तामा आएपछि इमरान खानविरुद्ध १०० भन्दा बढी आरोपमा मुद्दा दायर भएको छ ।