काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्रसर उद्योगहरू नवीकरण गरी तत्काल सञ्चालन हुनुपर्ने व्यवसायीहरूको माग

3.51K
shares

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानुन बमोजिम दर्ता भएका उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

नेपाल सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो ।

महासंघले लामो समयदेखि सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण नभएको भन्दै बन्द गरिरहेको छ ।

सरकारका विभागीय मन्त्रालयहरू गृह, भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा क्रसर उद्योग दर्ता नवीकरणको लागि जाँदा एउटा मात्रै निकायले गर्न नसक्ने भन्दै जवाफ दिएपछि निजी क्षेत्रको अभिभावक नभएको अनुभव भएको व्यवसायीले गुनासो गरेका छन् ।