काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पहिरोका कारण मुग्लिन–नारायणगढसहित सात वटा सडक अवरुद्ध

7.2K
shares

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक भएको नारायणगढ प्रहरी कार्यालय जनाएको छ ।

बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न सात सडक अवरुद्ध भएका छन् । पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।सडक विभागका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक खण्ड अवरुद्ध छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन डेढ दुई घण्टा लाग्ने कार्यालयले जनाएको छ ।

यस्तै, ठोरी भरतपुर मुग्लिन आँबुखैरनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिवास रोइला भञ्ज्याङ सडक अवरुद्ध छ । यस्तै, २१ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका विभागले जनाएको छ ।

यसैगरी, तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माँझीटार अमरापुरडाँडा गणेशचोक सडक खण्ड, तानसेन रिडी कोरला सडक, डुम्र बेसीसहर चामेको लमजुङखण्ड तथा डुम्र बेसीसहर चामेको मनाङखण्डमा पहिरोको कारण सडक अवरुद्ध छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ को ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।