तस्बिरमा हेर्नुस् ललितपुरको लुभु अर्थात ‘सुनको थाल’
वि.सं.२०८० साउन १४ आइतवार १२:१६
shares

ललितपुको मंगलबजार हुँदै तेटास्तुप चक्रपथ ग्वार्कोबाट छ किलोमिटर पूर्वको लुभुको बारेमा अनेकौ आख्यान जोडिएका छन् । यसलाई साँस्कृतिक नगर मानिन्छ । धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय दृष्टिकोणले महतत्वपूर्ण रहेको लुभु समुद्री सतहबाट चार हजार दुई सय २६ मिटर उचाइमात्रै रहेको छ । ने.सं. ५६७ कोयलाछी टोलको नारायण मन्दिरमा रहेको शिलालेख अनुसार राजा यक्ष मल्लको पालामा लुभु कोटनायक हृदयराम मुल्मीको नेतृत्वमा एउटा बलियो किल्लाको रूपमा रहेको थियो।
लुभुका बासिन्दा अधिकांसको गलगाँड आएपछि ज्योतिष देखाउँदा गोभ्राटेश्वर महादेव भन्दा माथिल्लोतिर बसेको हुदाँ यसो भएको हो भनेपछि गंगा महारानीले आफनो सुनको थाल बेचेर बस्ती बसालेकाले सुनको थालको नामबाट लुँभु रहन गएको किवंदन्ती छ । त्यस्तै, डा. कार्ल पुस्चका अनुसार हरिहर सिंह मल्लले यस बस्ती बसालेको र साथै महालक्ष्मी पिठको स्थापना गरी जात्रा चलाएको उल्लेख गरिएको छ । पछि शिव सिंह मल्लका रानी गंगा महारानी पाटनबाट लुभु बसाई सरेको र उनै गंगा महारानीले आफ्नो सुनको थाल बेचेर बस्ती विस्तार गरेको उल्लेख छ ।
परापूर्वकालमा किराँतहरु उपत्यकाको पूर्वी डाँडा लाकुरी भञ्झ्याङबाट उपत्यका प्रवेश गर्दा डाँडाको फेदीमा रहेको लुभुमा खेतीपाती गर्दा राम्ररी अन्न उब्जनी भएको र सोही कारणबाट सुन फल्ने खेतको अर्थमा सुनको खेत ‘लुँ बु’ नाम रहन गएको कथन छ । राजा सिद्धिनरसिंह मल्लका नाति राजा योगेन्द्र मल्ललाई एकपटक ललितपुरदेखि लुभुसम्म तुल विछ्याएर स्वागत गरिएको थियो ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लुभुमा मौलिक पराम्परागत घरहरु छन् । नेवारी भाषामा लुभु भनेको सुनको थाल भन्ने बुझाइरहेको छ ।
लुभुको अहिलेको अवस्था तस्बिरमा देख्न सकिन्छ
















































