काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विद्यार्थी मोर्चाको घोषणा गर्दै समाजवादी मोर्चा

7.54K
shares

चार पार्टी मिलि बनेको समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवको सहभागितामा विद्यार्थी मोर्चाको घोषणा गर्न लागिएको हो । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आइतबार बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।

‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा हुन लागेको हो ।