global ime bank Long Banner Ad

गृहपृष्ठ विमानस्थलबाटै किन प्रक्रिया पुगेका कामदार फर्काइन्छ ?

विमानस्थलबाटै किन प्रक्रिया पुगेका कामदार फर्काइन्छ ?

विमानस्थलबाटै किन प्रक्रिया पुगेका कामदार फर्काइन्छ ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले सेटिङमै प्रक्रिया नपुगेका कामदारलाई हवाई अनुमति दिने गरेको पाइएको छ । म्यानपावर र अन्य एजेन्सीसँग सेटिङ नमिले प्रक्रिया पुगेका व्यक्ति पनि रोक्ने गरेको पाइएको छ ।

दुई साता १ सय १४ जना कामदार वैदेशिक रोजगारका लागि विभिन्न देश हिडेका कामदार फकायो । कागजात संकास्पद १ सय १० जना वैदेशिक रोजगारमा जानेहरुलाई विमानस्थलले दुःख दिएको र उनीहरुको ननरिफण्डेबल टिकटको खर्च भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आरोप छ ।

यस्तै, बेलुका फर्काईएकाहरुमा निलकमल ह्युमनबाट गएका २४ जना, इन्डेक्स म्यानपावरबाट गएका ४७, युथ म्यानपावरबाट गएका ३२ र रसुलभ म्यानपावरबाट गएका ४ जना छन् ।
ती कामदारलाई शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले प्रस्थान अनुमति नदिई फिर्ता गरेको म्यानपावर कम्पनीको आरोप छ ।

यसैगरी, दुई साताअघि पनि विमानस्थल कार्यालयले यसरी जोर्डन हिडेको २० जना महिला कामदार प्रमाण नपुगेको भनेर फकाएको थियो । ती महिला कामदारसँग भिसा र आवश्यक कागतजात भएकै कारण वैदेशिक रोजगार विभागको पहलमा फेरी रोजगारीका लागि केही दिनपछि जोर्डन पठाइएको थियो ।

विमानस्थलबाट फिर्ता पठाइएका पीडितहरुबाट प्राप्त प्रमाणको आधारमा उनीहरु विभिन्न म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा जान लागेको थिए ।

वैदेशिक रोजगारीमा हिडेका कामदार रोकिएको विषयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले अहिले कागतजात मिलेका कामदार रोक्न छाडेको वेदैशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।

श्रम स्वीकृति लिएर पैशा कमाउन हिडेका कामदार के कारण रोकिए भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

कामदारहरुको प्राप्त भएको भिसा जो कोहिले भेरिफाई गर्न सक्ने साथै पासपोर्ट नम्बरको आधारमा संस्थागत रुपमै श्रम स्वीकृति लिएको पाइएको छ ।

भने,पीडितहरुबाट प्राप्त भएको भिसा जो कोहिले भेरिफाई गर्न सक्ने साथै पासपोर्ट नम्बरको आधारमा संस्थागत रुपमै श्रम स्वीकृति लिएको पाइएको छ ।

कामदारहरुको ‘कागजात संकास्पद’ भएको अनुमानकै भरमा खादा÷माला लगाएर वैदेशिक रोजगारमा उड्न विमानस्थल पुगेका उनीहरुलाई फर्काउनु स्वभाविक विषय नभएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले आरोप लगाए ।

विमानस्थलबाट फकाइएका कामदारको कागतजात प्रक्रिया अनुसार भएपनि अध्यामागमन कार्यालयले शंकाकै आधारमा फकाएको म्यानपावरहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायको ध्यानाकर्षण गराएका छन् ।

सेटिङ नमिलेपछि रोकिन्छन्

कुनै कागजात फेक नबनाएको, प्रक्रिया पुरा गरेरै वैदेशिक रोजगारको प्रक्रियामा पठाएको र विमानस्थलले रोक्नुपर्ने कुनै कारण नभएको ती व्यवसायीले जानकारी दिए ।

नागरिक वैदेशिक रोजगारमा जाँदा बिना कारण बिमानस्थलको संकास्पद पत्रको आधारमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था एउटा कारण विमानस्थल कार्यालय समेत रहेको उनको आरोप छ ।
‘विमानस्थलमा सेटिङ चल्ने विषय पहिलेदेखिनै गुनाशोको रुपमा सुनिदै आएका विषय हुन् । यस सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीहरुसँग समेत भेरिफाई गरेको प्रमाण छ ।’ उनले भने, ‘नेपाली कामदारलाई नेपाल एअरपोर्टबाट गन्तव्य देश जान नदिई फिर्ता गर्नुको मुख्य कारण पैशामा कुरा नमिलेको हो । विमानस्थल अध्यामागमन कार्यालयमा सेटिङ गरेर पठाउँदा सबै पास हुने तर प्रमाणित हुने कागजात बोकेर जाँदा पास नहुने रहेछ ।’

सबै प्रक्रिया पुरा गरि वैदेशिक रोजगारमा जान खोज्दा पनि अध्यागमनले रोकेको बिषय दुःख दिने नियत मात्र भएको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।

पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालय र प्रहरीले समेत विदेशीने कामदारलाई दुःख दिने गरेको स्यम श्रमिकहरुले आरोप लगाउँदै आएका छन् । भने, संस्थागत रुपमा रोजगारमा गएको नागरिकलाई विदेश पुगेपछि आउने समस्याको समाधानको जिम्मेवारी वैदेशिक रोजगार विभागले गदै आएको छ ।

विमानस्थलका कर्मचारी र म्यानपावरबीच पैशाको सेटिङ नमिलेपछि वैदेशिक रोजगारीमा हिडेका कामदारहरु रोकिने गरेका छन् । यसरी रोकिएका कामदारहरुले फेरी वैदेशिक रोजगारीमा जाँदा हवाई खर्च आफु ब्यहोर्ने गरेका छन् ।

संस्थागत रुपमा हुने श्रम स्वीकृति सम्बन्धित देशमा रहेको दुतावासबाट प्रमाणीकरण भई विभागबाट श्रम स्वीकृति लिएर मात्र नेपाली श्रमिक विदेशीन पाउँछन् । यसरी गएका कामदार रोजगारदाता देशमा अलपत्र परेको खण्डमा कारवाहीको लागि म्यानपावर आफैमा भागिदार हुने अवस्था छ ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु