काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सूचना दिनेलाई मैले पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन समातियो : अर्थमन्त्री

5.88K
shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले रुपन्देही पुरेर सय केजि सुन बरामद आफ्नै सक्रियतामा भएको बताएका छन् । बजेटमा आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि सुन बरामत भएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भन्सारबाट चेकजाँच पास भएर बाहिरिएको एक क्विन्टल बराबरीको सुन सिनामंगलमा साउन २ गते बरामद गरिएको थियो ।

राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका आधारमा भन्सारबाट पास भएर बाहिरिएको सुन बरामद भएको थियो । जसमा अहिले ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।

विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ ।