गृहपृष्ठ प्रधानमन्त्री इटली गएपछि कार्यबाहक प्रधानमन्त्री बने पूर्णबहादुर खड्का
प्रधानमन्त्री इटली गएपछि कार्यबाहक प्रधानमन्त्री बने पूर्णबहादुर खड्का
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हालेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल सहभागी छन् । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा आफ्नो धारणा राख्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका हुन् । शनिबार साँझ नै राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकेका हुन् ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

प्रकाशित समय : ०८:१७ बजे


















