गृहपृष्ठ राष्ट्रिय परिचयपत्र वितरण सुरु

राष्ट्रिय परिचयपत्र वितरण सुरु

राष्ट्रिय परिचयपत्र वितरण सुरु

दाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । सेवाग्राहीलाई बायोमेट्रिकसहित वितरण रहेको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गर्न सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट यसअधि राष्ट्रिय परिचयपत्र आवेदन भरेकालाई कार्ड वितरण भइरहेको छ । असारको १ गतेबाट प्राविधिक प्रक्रिया थालनी गरेर अहिले कार्ड वितरणको काम भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारी भिपी भट्टले जानकारी दिए ।

जिल्लामा पहिलो चरणमा आएको ३१ हजार कार्ड वितरणको काम भइरहेको उनले बताए । कार्ड छपाइ हुँदा क्रमबद्ध नभई आएकाले गएको माघ महिनासम्मको कार्ड जिल्लामा आइपुगेको र अरू पनि आउने प्रक्रियामा रहेको उनले बताए ।

उनले भने, ‘गएको माघ महिनाभन्दा अघि आवेदन दिएकाहरूको कार्ड जिल्ला प्रशासन कार्यालयमा आइपुगेको छ । आएको कार्डहरू वितरणको काम पनि भइरहेको छ।’

उनका अनुसार कार्ड लिन आउँदा स्वयम् व्यक्ति आफैँ उपस्थित हुनुपर्ने, सूचना प्राप्त भएको दिन नै आउँदा समयमा सेवा पाउने अवस्था रहेको छ ।

राष्ट्रिय परिचयपत्र नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको छ ।

व्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचयपत्रका रूपमा प्रयोग गर्न सकिने, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा भत्ता लगायतका सुविधा प्राप्ति लगायतका लागि उपयोग गर्न सकिने छ ।

दाङमा २०७७ साउन १८ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिन थालिएको थियो ।

प्रकाशित समय : ०६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु