गृहपृष्ठ क्यूआरमा भ्वाइस बक्स प्रविधि ल्याउने पहिलो बन्यो माछापुच्छ्रे बैंक

क्यूआरमा भ्वाइस बक्स प्रविधि ल्याउने पहिलो बन्यो माछापुच्छ्रे बैंक

क्यूआरमा भ्वाइस बक्स प्रविधि ल्याउने पहिलो बन्यो माछापुच्छ्रे बैंक

डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा भ्वाइस बक्स (इस्टेन्ट पेमेन्ट नोटिफिकेशन) प्रविधिको नेपाल राष्ट्र बैंक बैंकिङ विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुरु गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

शुक्रबारदेखि क्यूआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको शुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगै ध्वनीमार्फत् हुने जानकारी लिन सकिन्छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्यूआरप्रति लोकप्रियता एवं विश्वसनियता अझ बढ्ने बैंकको अपेक्षा छ। यसले भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट हजारौं साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने विश्वास छ ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ । यस बाहेक फरक फरक माध्यमहरुमार्फत् डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउने बैंकले जनाएको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढिरहेको विज्ञप्तीमा उल्लेख छ ।

हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उदेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएममार्फत् १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु