काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा

7.29K
shares

अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ ।

यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो क्षति नभएपनि मानिसहरू प्रभावित बनेको जनाएको छ ।

विराटनगरस्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको छ । जसका कारण त्यस क्षेत्रको अधिकांश स्थान डुबानमा परेको छ । बाढी बस्तीमा पस्दा विराटनगर १ गङ्गा टोल र विराटनगर २ को सुकुम्वासी बस्तीको एक दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।

यस्तै, विराटनगर ८ स्थित बालगोपाल टोलमा मात्र सुकुम्वासी बस्तीमा खोलाको बाढी पस्दा एक दर्जन घर डुबानमा परेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । बाढी पसेको घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारीएको छ । विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् ।

बाढीबाट प्रभावित बनेकाहरूको प्रहरीले उद्धार गरेको छ । यस्तै,कटहरी र जहदा गाउँपालिकाभित्र एक दर्जन बढी घरहरूमा डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ ।