global ime bank Long Banner Ad

गृहपृष्ठ फेरि सरकारमा सहभागी हुँदै जनमत, अनिता देवी मन्त्री बन्दै

फेरि सरकारमा सहभागी हुँदै जनमत, अनिता देवी मन्त्री बन्दै

फेरि सरकारमा सहभागी हुँदै जनमत, अनिता देवी मन्त्री बन्दै

जनमत पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पुनः सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा जनमतले प्रतिनिधिसभा सदस्य अनिता देवीलाई मंगलबार मन्त्रीको रुपमा सिफारिस गरेको छ ।

यसअघि जनमतले प्रचण्ड सरकारमा अब्दुल खानलाई मन्त्री बनाएर पठाएको थियो । तर उसले दाबी गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि सरकार छोडेको थियो ।

प्रतिनिधिसभामा ६ सांसद रहेको जनमत सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिइसकेको थिएन । तर आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भने विपक्षमा मतदान गरेको थियो ।

प्रकाशित समय : ०६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु