global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मनाङ एयरको ६ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटना

मनाङ एयरको ६ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटना

मनाङ एयरको ६ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कमा नरहेको एयर कम्पनीले जनाएको छ । हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर गएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले हेलिकोप्टरमा मेक्सिकन नागरिक भएको जानकारी दिए।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको उक्त हेलिकोप्टर त्यसपछि सम्पर्कविहीन भएको थियो।

विमान लामाजुरा नजिक दुर्घटना भएको खबर स्थानीयले दिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

लामजुरा पास आसपासको क्षेत्रमा खोजी गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सम्पर्क विहिन भएको हो ।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु