गृहपृष्ठ व्यवसायी तथा महाअभियान्ता प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड फिरौती माग्ने गुरुङ को हुन् ?
व्यवसायी तथा महाअभियान्ता प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड फिरौती माग्ने गुरुङ को हुन् ?
मेडिकल व्यवसायी तथा महाअभियानता दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङका रमेश गुरुङ व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो । खोटाङका गुरुङले प्रसाईसँग ३० करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका थिए ।
प्रसाईलाई पटक–पटक फोन गदै गुरुङले अपहरण, ज्यान मार्ने र फिरौती मागेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिएको केन्द्रीय
अनुसन्धान ब्युरो (सीआईबी) डिएसपी बसन्त कुँवरले जानकारी दिए । गुरुङलाई प्रक्राउ गरी अनुसन्धान थालेको उनले बताएका छन् ।


प्रकाशित समय : ११:५२ बजे




















