गृहपृष्ठ जन्ती बोकेको बस दुर्घटना हुँदा ७ को मृत्यु
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ को मृत्यु
भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही घाइते भएका छन् ।
प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित समय : १०:५१ बजे


















