global ime bank Long Banner Ad

गृहपृष्ठ ललिता निवास प्रकरणका तीन आरोपीको निवेदन ‘हेर्न नमिल्ने’मा

ललिता निवास प्रकरणका तीन आरोपीको निवेदन ‘हेर्न नमिल्ने’मा

ललिता निवास प्रकरणका तीन आरोपीको निवेदन ‘हेर्न नमिल्ने’मा

आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको दाबीसहित अदालत गएका तीन जना आरोपितको निवेदन हेर्न नमिल्नेमा राखिएको छ । ललितानिवास जग्गा अनियमितता प्रकरणका तीन आरोपितहरुको निवेदन आज बिहीबार पनि सुनुवाइ नहुने अवस्थामा पुगेको छ ।

मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले पेश गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन बिहीबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ ।

न्यायाधीश रेग्मीले ललितानिवासको जग्गा अनियमितताको मुद्दा हेर्न मिल्दैन । उनी ललितानिवासको जग्गा खरिदबिक्रीमा जोडिएका छन् ।

यसअघि कानून व्यवसायमा हुँदा मीनबहादुर गुरुङ र भाटभटेनी डिपार्टमेन्ट स्टोरको कानूनी सल्लाहकार भएकाले उनले त्यो निवेदन सुनुवाइ गर्न नमिल्ने भएको हो । उनले यसअघि पनि आफूकहाँ परेका ललितानिवास जोडिएका मुद्दा हेरेका थिएनन् ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु