global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एउटा राजनीतिक दलको नेता अर्को पार्टीको चुनाव चिन्हबाट उम्मेदवार हुन नपाउने

एउटा राजनीतिक दलको नेता अर्को पार्टीको चुनाव चिन्हबाट उम्मेदवार हुन नपाउने

एउटा राजनीतिक दलको नेता अर्को पार्टीको चुनाव चिन्हबाट उम्मेदवार हुन नपाउने

निर्वाचन आयोगले कुनै एउटा राजनीतिक दलको सदस्य अर्को राजनीतिक दलबाट उम्मेदवार हुन नपाउने गरी विधेयक तयार पारेको छ । कुनै राजनतिक दलको सदस्यरहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन सक्ने छैन ।

निर्वाचन आयोगले बनाएको निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा एउटा दलको सदस्य अर्को दलतबाट उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको हो ।

यसअघिका निर्वाचनमा एउटा पार्टीका अध्यक्ष अर्को पार्टीको चुनाव चिह्न लिएर उठ्ने गरेका थिए । अब यो विधेयक संसदबाट पास भएमा एउटा पार्टीको सदस्य अर्को पार्टीको उम्मेदवार हुन पाउने छैन ।

विधेयकको दफा ६२ को २ मा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम उम्मेदवार हुन सक्ने छैन । दुईपटकभन्दा बढी समानुपातिक उम्मेदवार हुन नपाउने व्यवस्था पनि विधेयकमा ल्याइएको छ ।

निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने दायित्व भएको व्यक्तिले निर्धारित समयभित्र त्यस्तो विवरण नबुझाएमा त्यस्तो व्यक्ति छ वर्षसम्म निर्वाचनमा उम्मेदवार हुन नसक्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

त्यसैगरी, सङ्घीय संसद, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न नसक्ने प्रावधान पनि विधेयकमा राखिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएपछि अर्को क्षेत्रमा हुने उपनिर्वाचनमा भाग लिने क्रम बढेपछि आयोगले यो प्रावधान ल्याएको हो ।

स्थानीय तहको सदस्य पदमा बहाल रहेको व्यक्तिले पदबाट राजीनामा नदिई स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार हुन नपाउने प्रावधान विधेयकमा ल्याइएको छ ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु