global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हनुमानढोका परिसरभित्र सवारीसाधनलाई प्रवेश निषेध

हनुमानढोका परिसरभित्र सवारीसाधनलाई प्रवेश निषेध

हनुमानढोका परिसरभित्र सवारीसाधनलाई प्रवेश निषेध

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधनलाई प्रवेश निषेध गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले जानकारी दिए ।
सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको उनले बताए ।

सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरुसँग बैठक बसी थप निर्णय गरिने बताएका छन् । उनले सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकलबाहेकका सवारीसाधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए । वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरले जनाएको छ ।

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु