गृहपृष्ठ अर्घाखाँचीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु
अर्घाखाँचीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु
अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।
प्रकाशित समय : ११:०२ बजे


















