nmb bank

गृहपृष्ठ साफ च्याम्पियनसिपमा पाकिस्तानसँग भिड्दै नेपाल

साफ च्याम्पियनसिपमा पाकिस्तानसँग भिड्दै नेपाल

साफ च्याम्पियनसिपमा पाकिस्तानसँग भिड्दै नेपाल

साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज (मंगलबार) नेपाली राष्ट्रिय फुटबल टोली पाकिस्तानसँग भिड्दै छ । भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा हुने नेपाल–पाकिस्तान प्रतिस्पर्धा अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

लगातार दुई खेलमा हार भोग्दै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान दुवैका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित हुँर्द नेपाल समूह चरणबाट बाहिरिएको हो।

पाकिस्तान भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० ले हारेको थियो । अघिल्लो सिजन साफको फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो । नेपाल रहेको समूह एबाट भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन्।

प्रकाशित समय : ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु