गृहपृष्ठ काँग्रेस केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण पत्र
काँग्रेस केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण पत्र
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । आचार्यले विगत ११ महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक नबसेको भन्दै तत्काल बैठक बोलाएर चुनावी समीक्षासहित विभिन्न समसायिक विषयमा धारणा बनाउनु पर्ने माग गरेका हुन् ।
पार्टी विधानमा २–२ महिनामा हुनुपर्ने बैठक लामो समय नगरेको भन्दै उनले आपत्ति जनाएका छन् ।
अस्वभाविक चुनावी गठबन्धन भएको, प्रतिनिधिसभाको ठूलो दल हुँदाहुँदै पनि सरकार निर्माणको सन्दर्भमा सांगठनिक तथा मनोवैज्ञानिक क्षति ब्यहोरेको, उपनिर्वाचनमा प्राप्त अप्रिय मतसहितको विषयको बैठकमा समीक्षा हुनुपर्ने उनको मत छ ।
नेपाली काँग्रेसभित्र सभापति देउवाले केन्द्रीय समितिको बैठक नबोलाएको भन्दै आलोचना खेपिरहेका छन् ।

प्रकाशित समय : ०६:३२ बजे



















